Market Closed

तेह्रथुम पावरको आइपीओमा आवेदन दिने संकलन केन्द्र थप

23 Jul,2021
  • ipo_3_18_2020_12_07_06_3_9_2021_7_07_26_7_20_2021_4_30_55_7_23_2021_11_59_51.jpg
नेपाली पैसा

काठमाडौं : तेह्रथुम पावर कम्पनीले बिक्री खुला गरेको ४ लाख कित्ता आइपीओमा आवेदन दिने संकलन केन्द्र थप गरिएको छ । कम्पनीले अब सप्तकोशी डेभलपमेन्ट बैंक, बसन्तपुर शाखा तेह्रथुमबाट पनि आवेदन दिन सकिने जनाएको छ । कम्पनीले यसअघि माछापुच्छ्रे बैंकको हिले शाखा, ग्लोबल आइएमई बैंकको जिरिखिम्ती शाखा तथा नेपाल बंगलादेश बैंकको तेह्रथुम जिल्लामा रहेका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिने जनाइसकेको छ ।

यस्तै, तेह्रथुम पावरको जलविद्युत आयोजना स्थलबाट पनि आइपीओका लागि आवेदन दिन सकिनेछ । कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँकोे दरमा ४ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
 
उक्त समयसम्म सबै आइपीओ बिक्री नभएमा भदौ २ गतेसम्म बिक्री खुला रहनेछ । तेह्रथुमको आइपीओमा एनआएबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले तेह्रथुम पावरलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउने रटिङ दिएको छ । यस कम्पनीले तेह्रथुम जिल्लामा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावट लागत भने १७ करोड ८८ लाख रुपैयाँ छ ।
 

Post Your Comment