Market Closed

त्रिशुली जलविद्युतको आइपीओको रकम बिहीबारसम्म कति जम्मा भयो ?

22 Sep,2022
  • ipo-concept_6_30_2021_8_35_05_2_4_2022_3_15_03_2_7_2022_5_00_25_4_11_2022_6_32_39_4_17_2022_5_14_27_6_9_2022_12_10_13_6_14_2022_2_27_31_9_8_2022_4_24_02_9_21_2022_5_01_08_9_22_2022_6_13_32.jpg
नेपाली पैसा

काठमाडौं : त्रिशुली जलविद्युत कम्पनीको आइपीओको बाँकी रकम आज दोस्रो दिसम्म २६ हजार २५ जनाले चुक्ता गरेका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार तेस्रो दिन आज (असोज ६ गते) साँझ ५ः३० बजेसम्म २६ हजार २५ जनाले ६ लाख ६ हजार ६०३ कित्ता सेयरको लागि ५ करोड २७ लाख ७४ हजार ४६१ रकम चुक्ता गरेका छन् । त्रिशुलीले असोज ४ गतेदेखि आफ्ना सेयरधनीहरुलाई चुक्ता हुन बाँकी रकम जम्मा गर्न आग्रह गरेको हो । 
 
त्रिशुलीको आइपीओ २०७५ चैत ७ गते खुलेको थियो । त्यसबेला, कम्पनीले जारी पुँजी २ अर्ब ४७ करोड रुपैयाँको १५% अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त सेयरमा अंकित मूल्यको १०% का दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो । कम्पनीले प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका सेयरधनीहरुलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँ भुक्तानी गर्न भनेको हो । 
 
सेयरधनीहरुलाई कात्तिक १७ गतेसम्ममा सो रकम भुक्तानी गर्न आग्रह गरेको छ । ९० रुपैयाँमध्ये सेयरधनीहरुले प्रतिकित्ता ८७ रुपैयाँका दरले रकम भुक्तानी गर्नुपर्नेछ । रकम बुझाउने अन्तिम मितिसम्ममा प्रतिकित्ता ३ रुपैयाँका दरले ब्याज प्राप्त हुने भएकोले ८७ रुपैयाँ बुझाए हुने कम्पनीले जनाएको छ । आयोजनाको सेयर २०७५ साल चैत १४ गते बाँडफाँट भएको थियो । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत उक्त रकम भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।
 

Post Your Comment