Market Closed

त्रिशुली जलविद्युतको आइपीओको रकम अहिलेसम्म कति जम्मा भयो ?

25 Sep,2022
  • iposs_2_15_2022_7_41_27_2_27_2022_5_29_06_6_8_2022_5_48_07_6_9_2022_5_56_50_8_16_2022_5_26_46_9_14_2022_5_14_55_9_25_2022_7_48_49.jpg
नेपाली पैसा

काठमाडौं : त्रिशुली जलविद्युत कम्पनीको आइपीओको बाँकी रकम आज (असोज ९ गते) सम्म ३६ हजार २८२ जनाले चुक्ता गरेका छन् सीडीएसका अनुसार आज (असोज ९ गते) साँभ सम्म ३६ हजार २८२ जनाले ८ लाख ४५ हजार ६१३ कित्ता सेयरको लागि ७ करोड ३५ लाख ६८ हजार ३३१ रकम चुक्ता गरेका छन् । त्रिशुलीले असोज ४ गतेदेखि आफ्ना सेयरधनीहरुलाई चुक्ता हुन बाँकी रकम जम्मा गर्न आग्रह गरेको हो । 
 
त्रिशुलीको आइपीओ २०७५ चैत ७ गते खुलेको थियो । त्यसबेला, कम्पनीले जारी पुँजी २ अर्ब ४७ करोड रुपैयाँको १५% अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त सेयरमा अंकित मूल्यको १०% का दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो । कम्पनीले प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका सेयरधनीहरुलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँ भुक्तानी गर्न भनेको हो । 
 
सेयरधनीहरुलाई कात्तिक १७ गतेसम्ममा सो रकम भुक्तानी गर्न आग्रह गरेको छ । ९० रुपैयाँमध्ये सेयरधनीहरुले प्रतिकित्ता ८७ रुपैयाँका दरले रकम भुक्तानी गर्नुपर्नेछ । रकम बुझाउने अन्तिम मितिसम्ममा प्रतिकित्ता ३ रुपैयाँका दरले ब्याज प्राप्त हुने भएकोले ८७ रुपैयाँ बुझाए हुने कम्पनीले जनाएको छ । आयोजनाको सेयर २०७५ साल चैत १४ गते बाँडफाँट भएको थियो । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत उक्त रकम भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।
 

Post Your Comment