नेपाली पैसा
काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा
युनाइटेड इन्सुरेन्सको खुद नाफा ९३.९८% ले बढेर १० करोड २३ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड २७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क ५७.५६% ले बढेर ५९ करोड ६४ लाख ८ हजार रुपैयाँ पुगेको छ ।
बिमा कोषको आकार २०.३३% ले बढेर ४० करोड १५ लाख ७६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ३३ करोड ३७ लाख ३८ हजार रुपैयाँ थियो । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ८ रुपैयाँ १४ पैसाले बढेर १३ रुपैयाँ २७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७८ पैसा छ ।