Market Closed

डिम्याट खाता खोली सेयर अभौतिक गर्न स्थानीय सेयरधनीहरुलाई अपर तामाकोशीको आग्रह

05 Jul,2022
  • upper_tamakoshi_8_12_2016_3_58_37_2_11_2021_8_56_56_5_11_2021_8_30_57_8_15_2021_8_39_53_11_16_2021_3_25_24_2_13_2022_11_28_52_5_16_2022_1_12_22.png
नेपाली पैसा
 
काठमाडौं : अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले स्थानीय सेयरधनीहरुलाई हितग्राही (डिम्याट) खाता खोली सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै दोलखा जिल्लाका स्थानीय बासिन्दाहरुलाई बाँडफाँट गरिएको सेयर सोझै हितग्राही खातामा जम्मा हुने व्यवस्था रहेकोले सेयरधनीहरुले डिम्याट खाता खोली सेयर अभौतिकीकरण गर्न अनुरोध गरेको हो ।
 
सेयर डिम्याट खातामा अभौतिकीकरण पश्चात् मात्र खरिदबिक्री गर्ने सकिने तथा भविष्यमा वितरण गर्ने बोनस वा अन्य सुविधा हितग्राही खातामा जम्मा हुने पनि कम्पनीले स्पष्ट पारेको छ । डिम्याट खाता ईजाजत प्राप्त बैंक तथा वित्तीय संस्था, ब्रोकर कार्यालय तथा मर्चेन्ड बैंकबाट खोल्न सकिनेछ । यस्तै, तामाकोशीको सेयर रजिष्ट्रार सनराइज क्यापिटलबाट असार मसान्तसम्म निःशुल्क डिम्याट खाता खोल्न सकिने पनि कम्पनीले जानकारी गराएको छ ।

Post Your Comment