Market Closed

अपर सोलु हाइड्रोको आइपीओ असार २० गतेबाट खुल्ने

23 Jun,2022
  • ipo_7_1_2021_7_27_18_2_6_2022_5_05_51_3_23_2022_11_47_21_3_24_2022_11_18_14_3_25_2022_11_26_27_3_31_2022_11_03_16.jpg
नेपाली पैसा

काठमाडौं : अपर सोलु हाइड्रोले असार २० गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ५७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५% अर्थात् ९७ हजार ८७५ कित्ता सामुहीक लगानी कोष र २% अर्थात् ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा असार २३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

यसमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले अपर सोलु हाइड्राको आइपीओलाई मध्यम जोखिम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ । 
 

Post Your Comment