Market Closed

युनिक नेपाल लघुवित्तको एफपीओ ल्याउने प्रस्ताव

21 Apr,2021
  • agm_4_21_2021_12_20_13.png
नेपाली पैसा

काठमाडौं : युनिक नेपाल लघुवित्तले एफपीओ निष्काशन गर्ने भएको छ । वैशाख २५ गते बस्न लागेको विशेष सभामा कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्ताव पेश गरिदैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय बाँके कोहलपुरमा बिहान ११ बजे जुम मार्फत सुरु हुनेछ । सभामा घोडीघोडा लघुवित्तसँग मर्ज हुने प्रस्ताव पनि छ ।  
 
घोडीघोडा र युनिक नेपाल लघुवित्त एक आपसमा मर्ज हुने भएपछि आइतबार गत कात्तिक २३ गतेदेखि घोडीघोडाको सेयर कारोबार रोक्का छ । यता, युनिक नेपालको आइपीओ जारी नभएकाले नेप्सेमा कारोबार हुँदैन । अब एकीकृत कारोबारपछि घोडीघोडा लघुवित्तको नामबाट सेयर कारोबार खुला हुनेछ । 
 
यी दुई कम्पनीहरुबीच गत कात्तिक २१ गतेमर्ज सम्बन्धी सहमतिमा हस्ताक्षर भएको हो । सभामा कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने एजेन्ड पनि छ । कम्पनीलाई राष्ट्रिय स्तरको बनाउन प्रबन्धपत्र र नियमावली संशोधन गर्न परेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा पनि छ । र 
 
 
 
 

Post Your Comment