नेपाली पैसा
काठमाडौं : नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थालाई एक–आपसमा मर्ज हुन नियामक नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । यी दुईबीच मंसिर २६ गते एक आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको थियो । हाल विजय लघुवित्तको चुक्ता पुँजी ३२ करोड रुपैयाँ र नयाँ सारथीको ३० करोड रुपैयाँ भन्दा बढी रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा विजय लघुवित्तले २ करोड १२ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । यता, सोही अवधिमा नयाँ सारथीले भने २ करोड १४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएकोे छ ।