Market Closed

वोमी र सूर्योदय लघुवित्तबीच मर्जरका लागि अन्तिम सम्झौता

14 Jan,2022
  • merger_1_18_2021_1_48_29_9_1_2021_11_12_07_11_8_2021_10_34_26_1_14_2022_12_40_57.jpg
नेपाली पैसा

काठमाडौं : वोमी र सूर्योदय लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता भएको छ । दुवै लघुवित्तबीच बिहीबार (पुस २९ गते) मर्ज हुने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यसअघि दुवै लघुवित्तबीच गत भदौ १५ गते एक आपसमा मर्जर हुने सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । वोमी र सूर्योदय एक आपसमा मर्ज हुन यसअघिनै नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिइसकेको छ । 
 
मर्जर सम्झौता भएसँगै भदौ १६ गतेबाट दुवै कम्पनीको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का छ । हाल वोमीको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ भने सूर्योदयको केन्द्रीय कार्यालय स्याङ्जाको पुतलीबजारमा रहेको छ । वोमी र सूर्योदय १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् । 

Post Your Comment