Market Closed

सेयर बजारको पछिल्लो अवस्था अत्यन्तै गहन तरिकाले हेरिरहेका छौं : धितोपत्र बोर्ड

24 Nov,2016
  • niraj_giri_11_24_2016_12_07_54.jpg
                                   
 
नेपाली पैसा 
 
काठमाडौं : नेपाल धितोपत्र बोर्डले सेयर बजारको पछिल्लो उतारचढावबारे सुक्ष्म अध्ययन गरिरहेको बताएको छ । 
 
बजारमा अस्वाभाविक उतारचढाव आउन नपाओस भनेर बोर्डले गहन हिसाबले हेर्न थालेको हो । पछिल्ला दिनमा बजार छोटो समयमै बेस्सरी घटेपछि कतैबाट म्यानुप्लेसन भएको छ कि भनेर पनि बोर्डले अनुगमन गरेको छ । 
 
अहिलेसम्म बजारलाई प्रभावित पार्ने हिसाबले कुनै व्यक्ति वा समूहबाट कारोबार भएको तथ्य चाहिँ फेला नपारेको बोर्डको भनाई छ । तुलनात्मकरूपमा बिक्री चाप नै बढी देखिन्छ । बिक्री चाप बढ्दा बजार घटेको हो । 
 
लगानीकर्ता छिटो हतोत्साही हुने प्रवृत्तिले पनि बजारमा असर पर्ने गरेको पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डको भनाई छ । 
 
नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले सेयर बजारको पछिल्लो अवस्थाका बारेमा अत्यन्तै सुक्ष्म तरिकाले अनुगमन भइरहेको जानकारी दिए । 
 
लगानीकर्ताहरूबाट आएका विभिन्न गुनासाहरूलाई समेत ख्याल गरी बजार अनुगमन गरिरहेका छौं । ‘यसैक्रममा विभिन्न म्युचुअल फन्ड कम्पनीमा पनि स्थलगत निरीक्षण भइरहेको छ,’ उनले भने । 
 
घटबढ बजारको सामान्य सिद्धान्त हो । केही बजार घट्दैमा आत्तिहाल्नुपर्ने अवस्था पनि देखिंदैन । तर बजारमा बढी उतारचढाव आयो भने चाहिँ त्यो अलिबढी जोखिम हुन सक्ने उनले बताए । 
 
‘नेप्से १८८१ अंकमा पुग्दा र अहिले अर्थतन्त्रमा खासै केही फरक अवस्था आएको छैन । यस्तो बेला लगानीकर्ता अलिबढी धैर्य र संवेदनशील हुन आवश्यक छ,’ उनले भने । 
 
राम्रा कम्पनीको सेयर किनेकाले बजार केही तलमाथि हुँदैमा आत्तिहाल्नुपर्ने अवस्था छैन । यस्तो बेला लगानीकर्ता हतोत्साही हुन नहुने बोर्डको भनाई छ । 
 

Post Your Comment