Market Closed

अन्ततः अजोड इन्सुरेन्सले स्थगित गर्यो ५०% हकप्रद प्रस्ताव

07 Apr,2021
  • ajod-insurance-limited36_2_17_2021_5_06_52.png
नेपाली पैसा
 
काठमाडौं : अजोड इन्सुरेन्सले ५०% हकप्रद जारी गर्ने प्रस्ताव हाललाई स्थगित गर्ने निर्णय गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले हकप्रद जारी गर्ने विशेष प्रस्ताव स्थगित गर्ने निर्णय गरेको हो । नियामक बिमा समितिको निर्देशनपछि हकप्रद जारी गर्ने प्रस्ताव स्थगित गरिएको कम्पनीले जनाएको छ । 
 
अजोड इन्सुरेन्सले चैत १७ गते ५०% हकप्रद निष्कासन गर्ने विशेष प्रस्तावसहित वैशाख ७ गते वार्षिक साधारण सभा बोलाउने सूचना जारी गरेको थियो । तर समितिसँग अनुमति नै नलिई हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभामा लैजान लागेपछि उक्त एजेन्डा हटाउन निर्देशन दिएको थियो ।
 
यता, अजोड इन्सुरेन्सको हकप्रद सम्बन्धी सूचनालाई आधार बनाएर इन्साइडर ट्रेडिङ भएको विषय पनि अहिले चर्चामा छ । तथापि, यसमा छानबिन गरेर वास्तविकता भने बाहिर आउनै बाँकी छ । इन्साइडर ट्रेडिङ गरे नगरेको सम्बन्धमा छानबिन गरी वास्तविकता पत्ता लगाउन धितोपत्र बोर्डले उप समिति पनि गठन गरेको छ । 

Post Your Comment