Market Closed

सेयर बजार सुधार हुँदै जाँदा म्युचुअल फन्डहरुको मुहारमा पनि देखियो चमक

02 May,2021
  • mutual_img_5_2_2021_8_53_29.jpg
नेपाली पैसा
 
काठमाडौं : पुँजी बजारमा सक्रिय २१ वटा म्युचुअल फन्डहरुले चैत मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालै मात्र इकाई बिक्री गरेको कुमारी इक्विटी फन्ड बाहेक बाँकी सबै फन्डहरुको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । त्यस्तै, अधिकांश म्युचुअल फन्डको सूचीकृत सेयरमा लगानी रकम पनि वृद्धि भएको छ । यतिबेला सेयर बजार सुधारकै क्रममा रहेको छ । सेयर बजार सकारात्मक गतिमा अघि बढ्दा म्युचुअल फन्डहरुले पनि यसबाट लाभ लिन सकेको देखिन्छ ।

भर्खर बजारमा प्रवेश गरेको एक फन्डबाहेक सबैको न्याभ सुधार हुनुले पनि यही कुराको पुष्टि गर्दछ । सेयर बजारमा सूचीकृत कम्पनीहरुको भाउ बढ्दा म्युचुअल फन्डहरुको पोर्टफोलियोमा पनि सुधार आउने गर्दछ । फन्डहरुले केही हिस्सा बैंक निक्षेपमा राख्ने गर्दछन् । तर बजार बढेका बेला धेरैजसो लगानी सेयर बजारमै हुने गर्छ ।  
 
२० वटा फन्डको न्याभ बढ्यो
 
हाल सञ्चालनमा रहेका २१ मध्ये २० फन्डको सूचीकृत सेयरमा लगानी बढेको छ । कुमारी इक्विटी फन्डले हालै मात्र इकाई जारी गरेकाले अघिल्लो महिनाको न्याभ वित्तीय विवरणमा समावेश छैन । चैत मसान्तसम्ममा सबैभन्दा धेरै न्याभ ग्लोबल आइएमई समुन्नत योजनाको २१ रुपैयाँ १२ पैसा छ । यो सबैभन्दा धेरै न्याभ बढ्ने फन्ड पनि हो । 

 
१८ फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी वृद्धि 
 
चैत मसान्तसम्म आउँदा १८ फन्डको सूचीकृत कम्पनीको सेयरमा गरिने लगानी वृद्धि भएको छ । सबैभन्दा धेरै सूचीकृत कम्पनीको सेयरमा लगानी बढाउनेमा सानिमा लार्ज क्याप फन्ड रहेको छ । एक महिनाको अवधिमा यसको सूचीकृत कम्पनीको सेयरमा लगानी ४५.२९% ले बढेर २६ करोड १० लाख १ हजार रुपैयाँ पुगेको छ ।

यता, सबैभन्दा धेरै ग्लोबल आइएमई समुन्नत योजनाको सूचीकृत कम्पनीको सेयरमा लगानी रहेको छ । यसअवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी घट्नेमा एनआइसी एसिया ब्यालेन्स्ड फन्ड र एनआइसी एसिया ग्रोथ फन्ड रहेका छन् । 

 
११ फन्डको बैंक मौज्दात बढ्यो
 
१ महिनाको अवधिमा ११ फन्डको बैंकमा रहने मौज्दात बढेको छ । यसअवधिमा सबैभन्दा धेरै बैंक मौज्दात बढाउनेमा नबिल इक्विटी फन्ड परेको छ । यसको बैंक मौज्दात १११.१३% ले बढेर ११ करोड ६९ लाख ३५ हजार रुपैयाँ पुगेको छ । यता, सबैभन्दा धेरै बैंकमा मौज्दात सिद्धार्थ इक्विटी फन्डको रहेको छ ।

यसको बैंकमा एक महिनामा १४.०९% ले मौज्दात बढेर ८२ करोड ३२ लाख ३८ हजार रुपैयाँ पुगेको छ । ९ फन्डको बैंक मौज्दात भने बैंक मौज्दात घटेको छ । सामान्यतयः बैंक मौज्दात घट्नु भनेको सूचीकृत कम्पनीको सेयरमा लगानी बढ्नु हो भनेर पनि अनुमान लगाउन सकिन्छ । 

 
 

Post Your Comment