Market Closed

बैंकहरुको बेस रेट कति ? एक वर्षमा यसरी सस्तियो ब्याजदर

30 Aug,2021
  • 3_8_30_2021_7_38_20.jpg
नेपाली पैसा
 
काठमाडौं : एक वर्षको अवधिमा सञ्चालनमा रहेका सबै वाणिज्य बैंकको आधार दर (बेस रेट) घटेको छ । अघिल्लो आर्थिक वर्ष (२०७६/७७) को असार मसान्तको तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा सबै वाणिज्य बैंकहरुको बेस रेट घटेको हो । बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार बेस रेट हो । बैंकहरुले बेस रेटमा केही प्रतिशत प्रिमियम जोडेर आफ्नो ब्याजदर निर्धारण गर्ने गरेका छन् ।
 
तसर्थ, बेस रेट घट्दा बैंकहरुको ब्याजदर पनि घट्ने गर्दछ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले बेस रेटमा कति प्रिमियम जोड्ने भन्ने अधिकार भने बैंकहरुलाई दिने उल्लेख गरेको छ । तथापि, उद्यम व्यवसाय सञ्चालन गर्न १ करोड रुपैयाँ वा सोभन्दा कम ऋण उपयोग गर्ने ऋणीको हकमा आधार दरमा अधिकतम् २% विन्दुले मात्र प्रिमियम थप गर्न सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
 
कर्जाको ब्याजदर निर्धारणमा स्पष्टसँग पहिचान गर्न सकिने तत्वहरु समावेश गरी गणना गरिएको दर नै आधार दर हो ।  तर, आधार दर कर्जाको वास्तविक ब्याजदर होइन । यो ब्याजदर निर्धारण गर्ने आधार मात्र हो । जसलाई ब्याजदरको सन्दर्भ दर पनि भन्न सकिन्छ । अर्थात बैंकहरुले आधार दरलाई सन्दर्भ दर मानेर ब्याजदर तोक्नु पर्दछ । अहिले बैंकहरुले आफ्नो बेस रेट कति छ त्यसमा केही निश्चित प्रतिशत जोडेर ब्याजदर निर्धारण गर्ने गरेका छन् । 
 
आम रुपमा बेस रेट घट्दा बैंकिङ कर्जाको ब्याजदर घट्छ । यता, बैंक ब्याजदर र सेयर बजारबीच जहिले पनि विपरीत सम्बन्ध हुने गर्छ । सामान्यतयः ब्याजदर बढ्दा सेयर बजार घट्ने अनि ब्याजदर घट्दा सेयर बढ्ने गर्छ ।



राष्ट्रिय वाणिज्य बैंकको बेस रेट सबैभन्दा थोरै
 
एक वर्षको अवधिमा सबै बैंकको आधार दर घटेको छ । सबैभन्दा कम आधार दर राष्ट्रिय वणिज्य बैंकको रहेको छ । यस बैंकको आधार दर ०.३९% ले घटेर ५.४१% मा आएको छ । जसमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्ट्यान्र्ड चाटर्ड, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल र एभरेष्ट बैंकको आधार दर पनि ६% भन्दा कम छ । 
 
एक वर्षको अवधिमा सबैभन्दा धेरै आधारदर घट्नेमा सनराइज बैंक रहेको छ । यसको आधार दर २.२५% ले घटेर ६.७०% मा आएको छ । सबैभन्दा धेरै आधार दर कुमारी बैंकको रहेको छ । यसको आधार दर २.१८% ले घटेर ७.९०% रहेको छ । 
 

Post Your Comment