Market Closed

ज्योति विकास बैंक र मञ्जुश्री फाइनान्सको संस्थापक सेयर लिलामी खुल्दै

15 Sep,2021
  • download_9_13_2021_12_11_45_9_14_2021_9_25_25_9_15_2021_9_01_29.jpg
नेपाली पैसा

काठमाडौं  :  ज्योति विकास बैंक र मञ्जुश्री फाइनान्सको बिहीबार (भदौ ३१ गते) देखि संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गर्दैछन् । जसमा ज्योतिको १ लाख ८१ हजार ४७० कित्ता र मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता सेयर रहेको छ । यसमा लगानीकर्ताले ज्योतिको सेयरमा न्यूनतम १८५ रुपैयाँ र मञ्जुश्रीको सेयरमा २७५ रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 
 
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा कात्तिक ३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १००० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा बुझाउन सकिनेछ ।
 

Post Your Comment