Market Closed

नेपाल लाइफ इन्सुरेन्सले १९ करोड नोक्सानी व्यहोर्नुको यस्तो छ कारण

13 May,2022
  • Nepal-life-insurance-compa_49_8_15_2018_1_25_04_1_27_2021_11_49_11_3_21_2022_8_02_20.jpg
नेपाली पैसा

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल लाइफ इन्सुरेन्स १९ करोड ४५ लाख ६१ हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले नोक्सानीको लागि व्यवस्था बापत ५२ करोड ८२ लाख ९४ हजार रुपैयाँ छुट्याएसँगै नोक्सानी व्यहोर्नु परेको हो । इन्सुरेन्सले अघिल्ला वर्षहरुको वैदेशिक रोजगार बिमाहरुको पुल व्यवस्था गरेकाले खुद नाफा प्रभावित भएको हो । 

वित्तीय विवरणमा भनिएको छ, ‘कम्पनीले असमाप्त जोखिम वापत व्यवस्थाको गणना गर्दा पुल व्यवस्थापन अघि २०७५ पुस मसान्तसम्म जारी गरेका वैदेशिक रोजगार बिमा मध्ये १ करोड ३४ लाख ८३ हजार रुपैयाँ पुल व्यवस्था गरेको छ । त्यसपछि २०७७­७८ सम्मको बिमांकीय मूल्यांकनबाट आएको असमाप्त जोखिम वापत व्यवस्था रकम १८ करोड ७० लाख ८१ हजारको ८८% अथात् १६ करोड ३६ लाख ९५ हजार र २०७८­७९ को तेस्रो त्रैमाससम्मको पुल व्यवस्थापनबाट आएको बिमा शुल्क सहितको १२७.०८% अर्थात् ९ करोड ४६ लाख र अन्य म्यादी १ करोड ६३ लाख रुपैयाँ गरी कुल २८ करोड ८१ लाख ९४ हजारभन्दा बढी व्यवस्था गरेको छ ।’

यसअवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन ४.१७% ले बढेर २५ अर्ब ९९ करोड  ७९ लाख २ हजार रुपैयाँ पुगेको छ । जीवन बिमा कोष २१.८८% ले बढेर १ खर्ब ३१ अर्ब १६ करोड २७ लाख ३१ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४१ पैसा ऋणात्मक छ । यो बिमांकीय मूल्यांकन अघिको प्रतिसेयर आम्दानी हो । प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ०३ पैसा छ ।  

Post Your Comment