Market Closed

गौतम अडानीले गत वर्ष दैनिक १६ अर्ब भारुका दरले कमाएका थिए सम्पति

22 Sep,2022
  • 6_8_30_2022_10_28_30.jpg
नेपाली पसा
 
काठमाडौं : भारतीय अर्बपति गौतम अडानी हालै मात्र विश्वको दोस्रो सर्वाधिक धनी व्यक्ति बने । ब्लुमबर्गको सूचीमा अहिले अडानी पहिलो नम्बरका इलन मस्कलाई पछ्याइरहेका छन् । अडानी उक्त स्थानसम्म पुग्ने पहिलो भारतीय नागरिक समेत बने । विश्वको दोस्रो सर्वाधिक धनी व्यक्तिसम्मको यात्रामा अडानीले दैनिक अरबौं रुपैयाँ सम्पति निर्माण गरेको एक तथ्यांकले देखाएको छ । ‘वेल्थ हुरन’ ले सार्वजनिक गरेको भारतीय अर्बपतिहरुको तथ्यांक अनुसार गत वर्षभर अडानीले दैनिक १६ अर्ब भारतीय रुपैयाँका दरले सम्पति कमाएको देखिएको छ ।
 
हाल अडानीसँग १०,९४४ अर्ब भारतीय रुपैयाँ बराबर सम्पति रहेको छ । विगत एक वर्षको अवधिमा अडानीको सम्पति दोब्बर भन्दा बढी (११३%) ले बढेको हो । एक वर्षको अवधिमा मात्र अडानीले ५८ खर्ब ८५ अर्ब भारतीय रुपैयाँ सम्पति थपेका हुन् । विगत ५ वर्षको अवधिमा भने उनको सम्पति १,४४०% ले वृद्धि भएको छ । अडानी ग्रुपका ७ वटा कम्पनीहरु पब्लिकरुपमा कारोबार हुने गरेका छन् । अर्कोतर्फ, विगत केही समयदेखि अडानी ग्रुपले विभिन्न कम्पनीहरु एक्वायर गर्ने क्रम बढाएको छ ।

Post Your Comment