नेपाली पैसा
काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा
मिथिला लघुवित्तको खुद नाफा ३७.२५% ले घटेर २ करोड १७ लाख ४७ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ३ करोड ४६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी १२.२५% ले घटेर ५ करोड ७२ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ३८.७३% ले घटेर २ करोड १७ लाख ४७ हजार रुपैयाँ कायम भएको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी वार्षिक २५ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ८१ पैसा छ ।