नेपालमा सेयर बजारप्रति आम सर्वसाधारणको क्रेज निकै बढ्दो छ । प्राथमिक र दोस्रो बजार दुवैमा रेकर्ड ब्रेकहरु भइरहेका छन् । प्राथमिक बजार (आइपीओ) मा आवेदन दिने लगानीकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा आवेदन दिनेको संख्या हालसम्मकै उच्च भएको छ । जतिजति आइपीओ आउँदै जन्छ उति नै आवेदकको संख्याले रेकर्ड ब्रेक गर्दै गएको छ । यसअघि चन्द्रागिरी हिल्सको आइपीओमा परेको आवेदनले रेकर्ड ब्रेक गरेको थियो । तर त्यसको एक सातापछि नै नयाँ रकर्ड बन्दा सेयर बजारमा लगानीकर्ताको उत्साह कतिसम्म छ भन्ने अनुमान सहजै लगाउन सकिन्छ । साथै, डिम्याट खाता खोल्ने क्रम पनि दैनिक हजारौंको संख्यामा बढिरहेको छ
सेयर बजार बुधबार सकारात्मक देखिएको छ । छिनछिनको उतारचढावका बाबजुत पनि नेप्से हरियै भएर बन्द भएको हो । अन्तिम प्रहरमा बजार थप बलियो देखिएको हो । यसअघि लगातार बढेको बजार मंगलबार केही करेक्सन भएको थियो । यतिबेला सेयर बजार २३ सय अंक माथि हिँडिरहेको छ । सूचकले निरन्तरजसो माथिल्लो रेखाहरु कोर्दै गएपछि लगानीकर्ता थप उत्साहित भएका छन् । बजार अझै कति बढ्ला अनि कहिलेसम्म वृद्धिक्रम जारी रहला भन्ने पनि आम लगानीकर्तामा निकै चासो र कौतुहलता रहेको देखिन्छ । बजार विश्लेषकहरुका अनुसार बुलिस प्रवृत्तिमा बजार अझै लामो समय रहन सक्छ । किन भने विगतमा पनि बुलिस बजार ४–५ वर्षसम्म टिकेको थियो । बैंक ब्याजदर, अधिक तरलता लगायतका प्रमुख पक्षले पनि साथ दिइरहेको छ । बेलाबखत सानाठूला करेक्सन आए पनि समग्रमा बजारको गति माथितिरै हुनेछ ।
विगत केही महिनादेखि सार्वजनिक कार्यक्रममा देखा नपरेका चिनियाँ अर्बपति ज्याक मा पुनः सार्वजनिक भएपछि अलिबाबाको सेयर भाउमा उछाल आएको छ । चिनियाँ सामाजिक सञ्चालमा ज्याक मा सार्वजनिक कार्यक्रममा सहभागी भएको भिडियो बाहिरिनासाथ हङकङमा सूचीकृत अलिबाबाको सेयर भाउ ५% ले बढेको छ । माले आफ्नो लोक कल्याणकारी संस्था ‘ज्याक मा फाउन्डेसन’ को आयोजनामा ग्रामीण भेगका शिक्षकहरुलाई सम्बोधन गरेका थिए । हराएको खबर बाहिरिएको झण्डै ३ सातापछि मा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका हुन् । अलिबाबा र एन्ट ग्रुपका संस्थापक चिनियाँ अर्बपति ज्याक मा नोभेम्बरदेखि सार्वजनिक कार्यक्रमहरुमा देखा नपरेपछि बेपत्ता भएको आशंका गरिएको थियो । ५६ वर्षीय अर्बपति मा पछिल्लो समय एन्ट गु्रपको आइपीओलाई लिएर चर्चामा आएका थिए ।
एलआइसी नेपालको आधारभूत र प्राविधिक विश्लेषण गर्दा यस्तो देखिन्छ समग्र ...
लघुवित्त कम्पनीमा मर्जर–एक्विजिसन चटारो, अहिलेसम्म कसको कुनसँग भयो सम्...
सेयर बजारमा यसरी बढ्दैछ महिला लगानीकर्ताको सहभागिता
बैंकहरुले फेरि घटाए ब्याजदर, अब कुन बैंकको कति ?
पोर्टफोलियो विविधिकरण कसरी गर्ने ? के–के छन् फाइदा ?
What does the recent oversubscriptions rate of IPO signal for the secondary market?
4 Days 9 Hours 4 mins remaining
Upward trend as more investors are entering the market.
Permanently increase the average level of volume even after the end of bull run.
No significant impact.
2021-01-18
2021-01-15
2021-01-12
Venue:Global IME Capital Limited, Naxal, Kathmandu
Organizer:NABBC
Venue:Amrapali Banquet, Naxal, Kathmandu (3:00 PM)
Organizer:CTZNLIFE
Venue:Hotel Pokhara Grand, Pokhara, kaski (10:30 AM)
Organizer:GBBL
Filter Stocks according to your requirement
Calculate net price of purchase/Sales when you buy/sell stocks
Calculate your expected profit before applying for your IPO
Calculate your loan limit based on shares you want to pledge at bank
© Copyright 2015-2020. All rights reserved by Nepali Paisa Media Pvt Ltd.
By using this site you agree to the Terms of Service.
Powered by:
Facebook
Twitter
Play Store
App Store
Youtube
Instagram
Viber