Market Closed

कृषि विकास बैंकको ३०% लाभांश घोषणा, बोनस सेयर कति ?

10 Dec,2019
  • Agriculture-Development-_1__4_27_2018_2_01_22_12_10_2019_10_33_57.jpg
नेपाली पैसा 

काठमाडौं : कृषि विकास बैंकले सर्वसाधारण सेयरधनीलाई ३०% लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ६% बोनस सेयर र कर सहित २४%  नगद लाभांश दिने निर्णय गरेको हो । 
 
नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । यस्तै, कृषिले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६% नगद लाभांश दिने जनाएको छ । 

बैंकले ८६ करोड ६८ लाख ९४ हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ३ अर्ब ४६ करोड ७५ लाख ७७ हजार ६०० रुपैयाँ नगदमा खर्च गर्नेछ । गत वर्ष कृषिले १५.०५%  नगद र ६% बोनस सेयर वितरण गरेको थियो । यस आधारमा गत वर्षभन्दा यसपटक लाभांश अनुपातमा आकर्षक बढोत्तरी भएको देखिन्छ । 
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने चुक्ता पुँजी १५ अर्ब ३१ करोड ५१ लाख ३४ हजार पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ६० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 
 
 

 
 

Post Your Comment