Market Closed

कृषि विकास बैंकलाई ६ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति

19 Jan,2021
  • debenu=ture_11_19_2019_4_09_18_12_18_2020_3_04_16.jpg
नेपाली पैसा 
 
काठमाडौं : कृषि विकास बैंकले ६ अर्ब रुपैयाँको ऋणपत्र ल्याउन अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ६० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोडबाट अनुमति पाएको हो । यसमध्ये २४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ३६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ४% ब्याजदर पाइनेछ ।

बैंकले ७ वर्ष अवधिको कृषि विकास बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् ।

त्यस्तै, राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत चालु आर्थिक वर्षभित्र वाणिज्य बैंकले चुक्ता पुँजीको २५% ऋणपत्र जारी गर्नुपर्ने प्रावधान ल्याएपछि बैंकहरु ऋणपत्र निष्कासनमा जुटेका हुन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ । यसअघि बैंकले गत वर्षको माघ १४ गतेदेखि १७ गतेसम्म २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो । 
 

Post Your Comment