अरुण भ्यालीले बाँड्न थाल्यो बोनस, कात्तिक ८ सम्म सेयर डिम्याट गर्नेको बोनस खातामै पठाइने

08 Jan,2017
  • bonus-share_1_8_2017_12_15_28.png
नेपाली पैसा 
 
काठमाडौं : अरुण भ्याली हाइड्रोपावर कम्पनीले बोनस सेयर वितरण गर्न थालेको छ । कम्पनीलले आइतबारदेखि बोनस सेयरको प्रमाणपत्र दिन थालेको हो । सेयर डिम्याट नगरेकालाई प्रमाणपत्र नै दिनुपरेको कम्पनीको भनाई छ । कात्तिक ८ गतेसम्म सेयर प्रमाणपत्र डिम्याट गराइसकेका लगानीकर्ताले भने डिम्याट खातामा नै सेयर पाउने भएका छन् ।
 
 डिम्याट खाता हुने सबैलाई पुस मसान्तसम्म खातामा नै पठाइसक्ने कम्पनीले जानकारी दिएको छ । सेयर प्रमाणपत्र लिन जाँदा नागरिकताको फोटो लैजानुपर्नेछ । सेयरधनी आफैं उपस्थित हुन नसकेमा मन्जुरीनामा दिएर पठाउनुपर्नेछ । बोनस सेयर लिन कम्पनीको प्रधान कार्यालय ट्रेड टावर थापाथलीमा जानुपर्नेछ ।