अजोड इन्सुरेन्स ३० करोडको आइपीओ ल्याउन पुग्यो धितोपत्र बोर्ड

14 Feb,2020
  • ipo_2_14_2020_2_50_36.jpg
नेपाली पैसा
 
काठमाडौं : अजोड इन्सुरेन्सले ३० करोड रुपैयाँ बराबरको आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ दरको ३० लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ । यस कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । 
 
यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्दैछ । हाल अजोडको अधिकृत पुँजी १ अर्व र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट आइपीओ ल्याउन लागेको हो । आइपीओ बिक्रीपछि यसको पुँजी पनि १ अर्ब रुपैयाँ पुग्नेछ । 

अजोड इन्सुरेन्सले आइपीओ ल्याउन तोक्यो अण्डरराइटर 

 
 
 
 
 
 
 
 

Post Your Comment