अपिको हकप्रद शेयर पारित

10 Apr,2016
  • api_4_10_2016_1_29_20.jpg
 
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले प्रस्ताव गरेको १ शेयर बराबर २ शेयर (१ः२) को अनुपातमा अर्थात २ सय प्रतिशत हकप्रद शेयर शनिवार सम्पन्न साधारण सभाले पारीत गरेको छ । कम्पनीले पूँजी बृद्धि गर्नेको लागि हकप्रद शेयर जारी गरेको हो । हाल रू. १ अर्व चुक्तापूँजी रहेको कम्पनीको हकप्रद शेयर निष्काशनपछि चुक्तापूँजी रू. ३ अर्व पुग्ने भएको छ । कम्पनीको हाल दोस्रो बजारमा प्रतिकित्ता शेयर रू. ६ सय ६९ मा कारोबार भइरहेको छ ।