Market Closed

अपि पावरको हकप्रद खुल्न ३ दिन मात्र बाँकी, कहिलेसम्म कायम सेयरधनीले पाँउछन् भर्न ?

27 Oct,2020
  • api-power-company-ltd_5_14_2018_10_44_47_10_27_2020_8_27_41.jpg
नेपाली पैसा 

काठमाडौं : अपि पावरको हकप्रद खुल्न अब ३ दिन मात्र बाँकी रहेको छ । कम्पनीले शुुक्रबार (कात्तिक १४ गते) देखि हकप्रद सेयर निष्कासन गर्दैछ । यस हकप्रदमा मंसिर ४ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीले ४७% हकप्रद सेयर जारी गर्न लागेको हो । यस आधारमा १ सय रुपैयाँ अंकित मूल्यको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री खुुला हुनेछ । यो हकप्रदका लागि अपि पावरले यसअघि नै बुक क्लोज गरिसकेको छ । २०७६ साल फागुन ३० गतेसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउनेछन् ।

यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । लगानीकर्ताले यस हकप्रद सेयरमा सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथलीबाट आवेदन दिन सक्नेछन् ।  सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ । यता, ग्लोबल आइएमई बैंकको दाचुर्लाको गोकुलेश्वर, नौगडा, खलंगा र बैतडीको शाखाबाट आवेदन दिन सकिनेछ ।
 
धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ । हाल यसको चुक्ता पुँजी १ अर्ब ९ करोड ७ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ७५ करोड भन्दा धेरै हुनेछ ।  
 

Post Your Comment