Market Closed

बीओके क्यापिटलको मंसिर ५ मा एजीएम, ४.५% नगद लाभांश प्रस्ताव

29 Oct,2020
  • AGM_(1)_10_29_2020_10_18_07.jpg
नेपाली पैसा
 
काठमाडौं : बीओक क्यापिटलको पाँचौं वार्षिक साधारण सभा मंसिर ५ गते हुने भएको छ । सभामा कम्पनीले चुक्ता पुँजीको ४.५% नगद लाभांश दिने (कर सहित) प्रस्ताव पेश गर्नेछ । नगद लाभांश प्रयोजनका लागि यसले ९५ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । साधारण सभामा आर्थिक वर्ष २०७६–७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि हुनेछ ।

आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा विद्युतीय माध्यमबाट दिउँसो १ बजे सुरु हुनेछ ।  
 

Post Your Comment