बुटवल पावरको हकप्रद सेयर लिलामी, आठ सय २५ रूपैयाँसम्म एक सय १३ जनाले पाए

02 Sep,2016
  • bpc-ps_9_2_2016_11_48_52.jpg
नेपाली पैसा 
काठमाडौं : बुटवल पावर कम्पनी लिमिटेडले लिलाम बढाबढका आधारबाट बिक्री गरेको सेयर एक सय १३ जनाले पाएका छन् । 
 
प्रतिकित्ता आठ सय २५ रूपैयाँसम्म आवेदन दिनेले यो सेयर पाएका हुन् । बुटवल पावर कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यको एक लाख ८८ हजार नौ सय ३० कित्ता हकप्रद सेयर लिलामीमा लगेको थियो । 
 
कम्पनीले बिक्री नभएका एक लाख ८८ हजार नौ सय ३० कित्ता हकप्रद सेयर साउन २१ देखि २६ गतेसम्म शीलबन्दी बोलपत्रका माध्यमबाट लिलामीमा बिक्री गरेको हो । 
 
तोकिएको अवधिभित्र आवेदन दिनेमध्येबाट न्यूनतम मूल्य आठ सय २५ रूपैयाँसम्म कबुल गर्ने एक सय १३ जनालाई सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । 
 
बुटवल पावर कम्पनीको बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमिटेडले  गरेको थियो ।