बुटवल पावरको मंसिर २० देखि पुस आठसम्म बुक क्लोज, गुहेश्वरीको बोनस राष्ट्र बैंकबाट अनुमोदन

27 Nov,2016
  • butwal-power_11_27_2016_12_34_23.jpg
नेपाली पैसा 
 
काठमाडौं : बुटवल पावर कम्पनी लिमिटेडले मंसिर २० देखि पुस आठ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । 
 
पुस आठ गते हुने साधारण सभा प्रयोजनका लागि कम्पनीले बुक क्लोज गर्न लागेको हो । बुटवल पावरले गत वर्षको कमाईबाट लगानीकर्तालाई सात प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारण सभामा लैजाँदैछ । 
 
यसैगरी, राष्ट्र बैंकले गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको बोनस सेयर र नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकले अनुमोदन गरको छ । 
 
गुहेश्वरीले १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । अब यो प्रस्ताव साधारण सभाले अनुमोदन गर्नुपर्ने हुन्छ ।
 
गुहेश्वरीले हकप्रद सेयर जारी गरेपछि कायम हुने पुँजीमा यो बोनस सेयर दिन लागेको हो ।