Market Closed

बोनस सेयरका लागि दुई कम्पनीको यसरी भयो मूल्य समायोजन

02 Dec,2019
  • Price_adjustment_12_2_2019_10_41_55.jpg
नेपाली पैसा 
 
काठमाडौं : दुई माक्रोफाइनान्स वित्तीय संस्थाको सोमबार मूल्य समायोजन भएको छ । जसमध्ये नेसनल माइक्रोफाइनान्सको ७५% बोनस सेयर समायोजित गरिएको छ । समायोजनपछि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार २८.५७ पैसा कायम भएको छ । 
 
सोमबार सोही मूल्यलाई आधार बनाएरु नेसनलको सेयर कारोबार खुल्नेछ । कम्पनीले मंसिर २९ मा साधारण सभा गर्न सोमबार (१६ गते देखि २९ गतेसम्म बुक क्लोज गरेको छ । आइतबार (मंसिर १५ गते) सम्म कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् । नेसनलले गत वर्षको नाफाबाट ७५% बोनस सेयर र ५% नगद लाभांश दिन लागेको हो । 
 
यस्तै, छिमेक लघुवित्तको पनि २७.११८६% बोनसमा पनि मूल्य समायोजन भएको छ । समायोजन पश्चात यसको भाउ ७७३.२९ रुपैयाँ तोकिएको छ । यही मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कम्पनीको कारोबार खुलेको छ । मंसिर ३० गते साधारण सभा बोलाएको यस कम्पनीले सोमबार (मंसिर १६ गते) बाट सभा हुने दिनसम्म बुक क्लोज गरेको छ ।

मंसिर १५ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २७.११८६% बोनस र १७.२१६८% नगद गरी कुल ४४.३३५४% लाभांश दिन लागेको हो । 
 

Post Your Comment