Market Closed

सिभिल बैंकलाई नेप्सेले सोध्यो स्पष्टीकरण

20 Sep,2020
  • Civil-Bank-Ltd_6_12_2018_12_39_43.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जले सिभिल बैंकसँग स्पष्टीकरण सोधेको छ । सिभिल बैंक हिमालयन बैंकसँग एक्विजिसनमा जान लागेको भन्ने लगायतका खबरहरु सार्वजनिक भएपछि त्यसको आधिकारिक जानकारी नेप्सेले मागेको हो । सिभिललाई हिमालयन बैंकले एक्वायर गर्ने हल्ला चलेसँगै यसको आइतबार सेयर भाउमा सकारात्मक सर्किट लागेको छ ।

सूचीकृत कम्पनीहरुको बजार मूल्यमा असर पर्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो सूचना तुरुन्त दिनुपर्ने व्यवस्था भएको भन्दै नेप्सेले जवाफ मागेको हो । सोमबार बजार खुल्नुअघि नेप्सेमा जवाफ पेश गरिसक्ने पनि निर्देशन दिइएको छ ।  

Post Your Comment