Market Closed

सेञ्चुरी बैंकले आफ्ना कर्मचारीको कोरोना बिमा गर्ने

22 May,2020
  • Century-commercial-bank-Ltd_8_15_2019_10_06_18_11_15_2019_12_53_37_2_12_2020_8_24_36_3_6_2020_12_37_20.jpg
नेपाली पैसा
 
काठमाडौं : सेञ्चुरी कमर्सियल बैंकले आफ्ना कर्मचारीको कोरोना बिमा गर्ने निर्णय गरेको छ । बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित संक्रमणका विरुद्ध आफ्ना सम्पूर्ण कर्मचारीको सुरक्षाका लागि कोरोना बिमा गर्न लागेको छ । बैंकले लुम्बिनी जेनेरल इन्सुरेन्स मार्फत बिमा गराउने निर्णय गरेको हो । 
 
कोरोना क्रास बढेसँगै विभिन्न कम्पनीले कर्मचारीको बिमा गराउँदै आएका छन् । यता, बिमा कम्पनीको नियामक निकाय बिमा समितिले निर्जीवन बिमा कम्पनीहरुलाई मात्रै कोरोना बिमा गराउन निर्देशन दिएको छ । 
  
   
 

Post Your Comment