Market Closed

चिलिमे हाइड्रोपावरले निकाल्यो थोरै नाफा बढेको वित्तीय विवरण

11 Aug,2020
  • chilime-hydropower-company-ltd_8_12_2018_10_23_11.jpg
नेपाली पैसा
 
काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफामा सामान्य वृद्धि देखिएको छ । यसअवधिमा नाफा ०.२५% ले बढेर ७४ करोड ८० लाख ५९ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष यसैअवधिमा चिलिमेले ७४ करोड ६२ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

लक डाउनका कारण नेपाल विद्युत प्राधिकरणलाई कन्ट्रयाक्ट भन्दा धेरै उत्पादन भएको इनर्जी बिक्री गर्न नसक्दा नाफा प्रभावित भएको चिलिमेको भनाई छ । अर्थात् कम्पनीले उत्पादन गरेको सबै विद्युत बिक्री गर्न सकेको छैन । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २.५४% ले घटेर १ अर्ब १४ करोड ७ लाख ३९ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्ष चिलिमेले विद्युत् बिक्रीबाट १ अर्ब १७ करोड ४ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको थियो । चौथो त्रैमास सम्ममा चुक्ता पुँजी २०% ले बढेर ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ५८ पैसाले घटेर १३ रुपैयाँ १० पैसामा सीमित भएको छ । चिलिमेको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २४ पैसा रहेको छ । 
 

Post Your Comment