Market Closed

चन्द्रागिरी हिल्सको आइपीओ रिजल्ट नेपाली पैसामा हेर्नुहोस्

22 Jan,2021
  • chandrai_giri_1_22_2021_3_51_56.jpg
नेपाली पैसा 
 
काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओ रिजल्ट तपाईं नेपाली पैसाको वेबसाइटबाट हेर्न सक्नुहुनेछ । नेपाली पैसाको होम पेजको क्विक लिंक मेनुमा गएर आइपीओ रिजल्ट (यहाँ क्लिक गर्नुहोस्) क्लिक गरी हेर्न सकिनेछ । यसैगरी, नेपाली पैसाको एपबाट पनि आइपीओ परे नपरेको जानकारी पाउन सकिन्छ । चन्द्रागिरीको आइपीओ शुक्रबार बिहान १० बजे बाँडफाँट भएको हो । 
 
यसमा गोलाप्रथामार्फत १ लाख ३९ हजार ६०२ जना लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको २ कित्ता सेयर भाग्यमानी दुई आवेदकलाई थप गरिएको छ । चन्द्रागिरी हिल्सले पुस २४ गतेबाट २८ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता सेयर निष्कासन गरेको थियो । 
 
कुल १५ लाख ३४ हजार ९१ कित्तामध्ये ४% अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५% अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो । यस आइपीओमा कुल १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएकामा ५ हजार ८३८ जनाको आवेदन रद्ध भएको छ । तसर्थ, १२ लाख ११ हजार ११५ जना योग्य आवेदनलाई मात्र गोलाप्रथामा सहभागी गराइएको थियो । यसमध्ये १० लाख ७१ हजार ५१३ जना आवेदकको हात खाली भएको छ ।

Post Your Comment