Market Closed

नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका

30 Oct,2020
  • Auction_9__10_30_2020_8_57_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रिमियर इन्सुरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको सेयरमा लिलामी आवेदन दिने आज शुक्रबार (कात्तिक १४ गते) अन्तिम दिन हो । आज कार्यालय समयभित्र बोलपत्र पेश गर्न सकिनेछ । प्रिमियरले असोज ३० गतेबाट नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम १९ सय ७५ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट नक्साल  काठमाडौं र प्रिमियर इन्सुरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।
 

Post Your Comment