Market Closed

सिभिल क्यापिटलको ३.१६% नगद लाभांश पारित गर्न आज एजीएम

08 Nov,2019
  • agm_new_11_8_2019_10_49_04.png
नेपाली पैसा 
 
काठमाडौं : सिभिल क्यापिटल मार्केटको एघारौं वार्षिक साधारण सभा आज शुक्रबार (कात्तिक २२ गते) सुरु भएको छ । सभामा सिभिलले ३.१६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ । कम्पनीले ६७ लाख १० हजार ५२६ रुपैयाँ बराबरको नगद लाभांश बाँड्नेछ । सभा सिटिसी मल सुन्धारा, काठमाडौंमा बिहान १० बजे सुरु भएको हो । 
 
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नु पर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा समेत छ ।सभामा आर्थिक वर्ष २०७६ असार मसान्त सम्मको नाफा नोक्सान सम्बन्धमा पनि छलफल हुँदैछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । 

Post Your Comment