Market Closed

सिभिल लघुवित्तको बोनस र हकप्रद सेयरमा मूल्य समायोजन

29 Jun,2020
  • price-adjustment-_6_24_2020_11_52_35_6_29_2020_11_22_18.jpg
नेपाली पैसा 

काठमाडौं : सिभिल लघुवित्त वित्तीय संस्थाको ५% बोनस सेयर र १००% मा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता ५४७ रुपैयाँलाई आधार मानेर सोमबार कम्पनीको सेयर कारोबार खुलेको छ । सिभिलले असार २६ गते साधारण सभा बोलाएको छ । सभामा बैंकले १०% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट ५% बोनस सेयर र ५% नगद लाभांश वितरण गर्न लागेको हो । सभा, होटल आर्किट परिसर, त्रिपुरेश्वर बिहान ११ बजे सुरु हुनेछ ।
 
आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । यता, कम्पनीले १००% हकप्रद निष्कासन गर्ने तयारी गरेको छ ।
 
कम्पनीले १ः१ अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । सिभिलले हकप्रद र साधारण सभा प्रयोजनका लागि आज (असार १५ गते) बुक क्लोज गरेको छ  । यसर्थ, असार १४ गतेसम्म कायम सेयरधनीले लाभांश र हकप्रद दुवै सुरक्षित गर्न सक्नेछन् । 
 

Post Your Comment