Market Closed

सिटिजन्स म्युचुअल फन्ड १ र २ को लाभांश घोषणा, कुनको कति ?

15 Sep,2020
  • dividends_img_9_15_2020_11_08_32.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिटिजन्स म्युचुअल फन्ड १ र २ ले लाभांश घोषणा गरेका छन् । सिटिजन्स म्युचुअल फन्ड १ ले १५% नगद लाभांश (करसहित) वितरण गर्नेछ । यस फन्डले १२ करोड ३० लाख रुपैयाँ लाभांश वितरणमा खर्च गर्नेछ । यो म्युचुअल फन्डहरुले हालसम्म घोषणा गरेको मध्ये सबैभन्दा धेरै लाभांश हो । यसैगरी, सिटिजन्स म्युचुअल फन्ड २ ले इकाइधनीलाई करसहित १०% लाभांश वितरण गर्नेछ ।

यसले ५ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । दुवैले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट प्रतिफल वितरण गर्न लागेका हुन् । योजना व्यवस्थापक सीबीआइएल क्यापिटल लिमिटेडको भदौ २९ बसेको सञ्चालक समिति बैठकले इकाईधनीलाई उक्त लाभांश घोषणा गरेको हो । 
 

 

Post Your Comment