Market Closed

आइपीओ तयारीमा रहेको सिटिजन लाइफले यसरी बढायो नाफा

09 Aug,2020
  • ipos_n_8_9_2020_10_24_30.jpg
नेपाली पैसा 
 
काठमाडौं : आइपीओ जारी गर्ने तयारीमा रहेको सिटिजन लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअवधिमा योे इन्सुरेन्सले २० करोड ७ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ३०.६७% ले बढी हो । अघिल्लो वर्ष सिटिजन लाइफले १५ करोड ३६ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा जीवन बिमा कोषको आकार १६४.४४% ले बढेर १ अर्ब ६७ करोड ८८ लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष जीवन बिमा कोषको आकार ६३ करोड ४८ लाख ४३ हजार रुपैयाँ बराबरको रहेको थियो । अघिल्लो वर्ष १ अर्ब १२ करोड ५४ लाख ६४ हजार रुपैयाँ रहेको खुद बिमा शुल्क असार मसान्त सम्ममा १ अर्ब ९२ रोड ५७ लाख ४६ हजार रुपैयाँ पुगेको छ । 
 
असार मसान्तसम्म चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । जगेडा कोषमा ४९ करोड ६१ लाख ७७ हजार रुपैयाँ छ । यस कम्पनीले सर्वसाधारणमा आइपीओ ल्याउने तयारी पनि गरिरहेको छ । 
 
 

Post Your Comment