एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (सोमवार, २४ जेठ, २०७३)

06 Jun,2016
  • everest_6_6_2016_3_28_02.jpg

कम्पनीको २०७२/७३ आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ८१ प्रतिशत बढेको छ । आम्दानी ५६ दशमलव ७३ प्रतिशत बढेको छ ।

प्राविधिक विश्लेषण
-    आरएसआई : ओभरबट जोन (७७ दशमलव ९५ स्केल)मा छ । खरीद चाप बढेकोे छ । स्ट्याण्डर्ड डेभिएशन ९८ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

-    मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य सातदिने रेखाभन्दा तल छ भने २१ दिने रेखा र ट्रेण्ड लाइनभन्दा माथि रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार ४ सय ७६ मा टेवा पाउन सक्छ । मूल्य महँगिएमा रू. १ हजार ६ सय ६९ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण


कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को तेस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :
-    कम्पनीको तेस्रो त्रैमासमा खुद नाफा ८१ प्रतिशत बढेर रू. १ करोड १५ लाख पुगेको छ । आम्दानी ५६ दशमलव ७३ प्रतिशत र आय ५ दशमलव ८६ प्रतिशत बढ्नाले खुद नाफा बढ्नमा टेवा पुगेको हो ।
-    जगेडा कोष ३६ दशमलव ५० प्रतिशत बढेर रू. १५ करोड ४१ लाख पुगेको छ ।
-    दीर्घकालीन लगानी तथा कर्जा ८७ प्रतिशत घटेर रू. २० करोड २९ लाखमा सीमित भएको छ ।
-    व्यवस्था तथा खर्चहरू ३५ प्रतिशत बढेर रू. ९६ लाख ७९ हजार पुगेको छ ।
-    व्यय ५ दशमलव ४६ प्रतिशत घटेर रू. २० करोड ९ लाखमा सीमित भएको छ ।
-    चालू सम्पत्ति कर्जा तथा पेश्कीहरू २ दशमलव २८ प्रतिशत र चालु दायित्व तथा व्यवस्थाहरू १७ दशमलव ५६ प्रतिशत बढेको छ ।
-    कुल बीमाशुल्क आर्जन रकम ५६ दशमलव ८७ प्रतिशत बढेर रू. ११ करोड ३२ लाख पुगेको छ भने कुल दाबी भुक्तानी रकम ६६ दशमलव ७५ प्रतिशत बढेर रू. १० करोड ११ लाखमा सीमित भएको छ ।
-    कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम ८९ दशमलव ४५ प्रतिशत र भुक्तानी हुन दाबी सङ्ख्या १० दशमलव २४ प्रतिशत बढेर १ हजार ५५ पुगेको छ ।
-    कम्पनीको तेस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. ११ दशमलव ४४ र पीई रेशियो १ सय २० गुणा छ । हालको शेयरमूल्य नेटवर्थको ५ गुणा छ ।