एभरेष्ट बैंकको ७० प्रतिशत बम्पर बोनस पाउन सेयर किन्ने आज अन्तिम दिन

20 Dec,2016
  • everest_12_20_2016_12_30_10.jpg
नेपाली पैसा 
 
काठमाडौं : एभरेष्ट बैंकको ७० प्रतिशत बोनस सेयर पाउन सेयर किन्ने आज अन्तिम दिन हो । 
 
साधारण सभा गर्न बैंकले बुधबारदेखि बुक क्लोज गर्दैछ । बुक क्लोज गरेपछि सेयर किन्दा यो वर्षको लाभांश पाउन सकिंदैन ।
 
एभरेस्टले पुस ६ देखि पुस २२ गते सम्म सेयरधनी दर्ता किताब बन्द गर्न लागेको हो । बैंकले ७० प्रतिशत बम्पर बोनस प्रस्ताव पारित गराउन पुस २३ मा साधारण सभा बोलाएको छ । 
 
 सभाले ७० प्रतिशत बोनस सेयरसहित ३३.३३ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्दैछ । 
 
७० प्रतिशत बोनस सेयर दिने भएपछि एभरेष्टको चुक्ता पुँजी चार अर्ब ५२ करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।

एभरेष्टको चुक्ता पुँजी अहिले दुई अर्ब ६६ करोड नाघिसकेको छ । 
फेरि तीन कित्ता बराबर एक कित्ता हकप्रद दिएपछि चुक्ता पुँजी ६ अर्ब तीन करोड ५२ लाख पुग्नेछ । 
 
राष्ट्र बैंकको प्रावधान अनुसार पुँजी आठ अर्ब पु¥याउन २०७३—७४ को नाफाबाट फेरि बोनस दिने तयारी एभरेष्टले गरेको छ ।