Market Closed

एभरेष्ट बैंकले सार्वजनिक गर्यो नाफा प्रभावित भएको रिपोर्ट

14 Aug,2020
  • Everest-bank-Ltd_8_3_2018_10_49_17.jpg
नेपाली पैसा
 
काठमाडौं : गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकको नाफा घटेको छ । यसअवधिमा खुद नाफा १८.१४% ले घटेर २ अर्ब ४९ करोड ९९ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसले ३ अर्ब ५ करोड ४१ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, अघिल्लो वर्ष २ अर्ब १८ करोड ८० लाख ३८ हजार रुपैयाँ रहेको वितरण योग्य नाफा असार मसान्तसम्म आइपुग्दा १ अर्ब ६७ करोड ३१ लाख ६७ हजार रुपैयाँमा खुम्चिएको छ । यो अघिल्लो वर्षको तुलनामा २३.५३% ले कम हो ।



थो त्रैमाससम्म आइपुग्दा खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ६.८१% र १७.९१% ले घटेको छ । खराब कर्जा अनुपात भने ०.०६% ले बढेर ०.२२% पुगेको छ । यसले पनि नाफा विवरणमा केही असर गरेको देखिन्छ । खराब कर्जा बढ्दा प्रोभिजनमा रकम थप्नुपर्ने हुन्छ ।

बैंकको निक्षेप संकलन र कर्जा लगानी भने क्रमशः १०.८०% र ७.२९% ले वृद्धि भएको छ । नाफा घट्नुको प्रभाव बैंकको प्रतिसेयर आम्दानीमा पनि परेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ९९ पैसाले घटेर ३१ रुपैयाँ १५ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ भने २१८ रुपैयाँ ८१ पैसा रहेको छ । 
 

Post Your Comment