Market Closed

एभरेष्ट बैंकको ५% बोनस सेयर सूचीकरण

22 Feb,2021
  • Everest-bank-Ltd_8_3_2018_10_49_17_1_30_2020_10_03_40_1_28_2021_7_54_50_2_22_2021_1_04_59.jpg
नेपाली पैसा

काठमाडौं : नेप्सेमा एभरेष्ट बैंकको ४२ लाख ३५ हजार १०३.४२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ५% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।
 
हाल एभरेष्ट बैंकको चुक्ता पुँजी ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ रहेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९६ करोड १९ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ३६.२९% ले थोरै हो । यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६३ पैसा र प्रतिसेयर नेटवर्थ भने २१८ रुपैयाँ ९३ पैसा छ । 
 

Post Your Comment