एभरेष्ट इन्स्योरेन्सको खुद नाफा ३ करोड ९७ लाख

12 Sep,2015
भदौ २६,काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको असार मसान्तसम्ममा खुद मुनाफा रू. ३ करोड ९७ लाख रहेको छ । यो अघिल्लो आवको तुलनामा ३३ दशमलव ११ प्रतिशत कमी हो । कम्पनीको चालु सम्पत्ति कर्जा तथा पेश्कीहरु ४ दशमलव १२  प्रतिशत घटेको छ । चालु दायित्व तथा व्यवस्था ४ दशमलव ३४ प्रतिशत बढेको छ । कम्पनीको कुल वीमा शुल्क आर्जन रकम शून्य दशमलव ४४ प्रतिशत घटेको छ । कुल दावी भुक्तानी रकम २ गुणाले वृद्धि भएको छ भने कुल दावी भुक्तानी सङ्ख्या ८ सय ३३ रहेको छ । त्यसैगरी भुक्तानी हुन बाँकी दावी रकम ११ दशमलव ९४ प्रतिशतले कमी आएको छ । भुक्तानी हुन बाँकी दावी सङ्ख्या १ हजार ३९ रहेको छ ।