Market Closed

फरवार्डले प्रस्ताव गर्यो ४५% लाभांश

02 Dec,2019
  • Forward-community-microfinance-Ltd_8_16_2018_4_50_24_12_2_2019_12_03_47.jpg
नेपाली पैसा

काठमाडौंफरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले ४५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले यो निर्णय गरेको हो । कम्पनीले गत वर्षको कमाईबाट ३२.५०% बोनस र १२.५०% नगद लाभांश दिने निर्णय गरेको हो । 
 
फरवार्डले १२ करोड २७ लाख ४३ हजार रुपैयाँ बोनस वितरणमा र ४ करोड ७२ लाख ९ हजार रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ । 
 
गत वर्ष पनि फरवार्डले २५% बोनस र २०% नगद गरी कुल ४५% लाभांश वितरण गरेको थियो । तर, यो पटक भने कम्पनीले नगद घटाएर बोनसमा जोड दिएको छ । हाल फरवार्डको चुक्ता पुँजी ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँ रहेको छ । यसमा ३२.५०% बोनस वितरणपछि पुँजी ५० करोड ४ लाख १५ हजार रुपैयाँ पुग्नेछ । 








  

 

Post Your Comment