गरिमाको खुद नाफा चार करोड ६८ लाख हुँदा प्रतिसेयर आम्दानी कति ?

05 Nov,2016
  • garima_11_5_2016_3_55_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : गरिमा विकास बैंकले चार करोड ६८ लाख दुई हजार रूपैयाँ खुद नाफा कमाएको छ । 
 
बैंकको यो नाफा गत वर्षको भन्दा एक करोड ७६ लाख ४३ हजार रूपैयाँले बढी हो । बैंकले गत वर्ष यही बेला जम्मा दुई करोड ९१ लाख ५९ हजार रूपैयाँमात्र खुद नाफा थियो । 
 
बैंकले चार करोड ६८ लाख दुई हजार रूपैयाँ खुद नाफा कमाउँदा प्रतिसेयर आम्दानी १७.३३ रूपैयाँ पुर्याएको छ । गरिमाको प्रतिसेयर नेटवर्थ १४६.८९ रूपैयाँ छ । 
 
गरिमाले चुक्ता पुँजी एक अर्ब आठ करोड पाँच लाख ११ हजार रूपैयाँ पुर्याएको छ । रिजर्भ कोषमा ५० करोड ६६ लाख ९५ हजार रूपैयाँ जम्मा भइसकेको छ । 
 
बैंकले नाफा बढाउनुमा ब्याज आम्दानीको प्रमुख भूमिका रहेको देखिन्छ । चालु आवको पहिलो त्रैमासमा  १३ करोड ३३ लाख ६७ हजार  रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । 
गत वर्ष यही बेला खुद ब्याज आम्दानी जम्मा सात करोड ९५ लाख ४३ हजार रूपैयाँमात्र थियो । 
 
व्यापार विस्तार गर्न निक्षेप संकलन र कर्जा प्रवाहलाई पनि बैंकले आकर्षक तरिकाले बढोत्तरी गर्न सफल भएको छ । 
 
गरिमाले यसअवधिमा निक्षेप संकलन १२ अर्ब रूपैयाँ नघाएको छ । जबकी गत वर्ष यही बेला निक्षेप जम्मा ६ अर्ब ५९ करोड हाराहारीमा मात्र थियो । 
 
कर्जा प्रवाह पनि गत वर्षको पाँच अर्ब ९३ करोडबाट बढाएर १० अर्ब ८२ करोड रूपैयाँभन्दा माथि पुर्याएको छ । गरिमाको खराब कर्जा अनुपात ०.६६ प्रतिशत, कस्ट अफ फन्ड ५.१८ प्रतिशत देखिन्छ ।