ग्लोबल आइएमईले दिने भयो १६ प्रतिशत बोनस सेयर, अब कति हुन्छ चुक्ता पुँजी ?

14 Sep,2016
  • global-ime-bank_9_14_2016_4_14_18.jpg
नेपाली पैसा 
काठमाडौं : ग्लोबल आइएमई बैंकले १६ प्रतिशत बोनस सेयर दिने भएको छ । 
 
बैंकको बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । 
 
नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले बोनस सेयर पाउन सक्नेछन् । 
 
ग्लोबल आइएमई बैंकको हाल चुक्ता पुँजी ६ अर्ब १६ करोड ४२ लाख ६८ हजार रूपैयाँ छ । 
गत आर्थिक वर्षमा एक अर्ब ३८ करोड ६६ लाख ८६ हजार रूपैयाँ खुद नाफा कमाएको यो बैंकको असार मसान्तसम्मको रिपोर्ट अनुसार रिजर्भ कोषमा दुई अर्ब ५४ करोड ५९ लाख १२ हजार रूपैयाँ रहेको छ । 
 
बैंकको प्रतिसेयर आम्दानी २२.५० रूपैयाँ रहेको छ । राष्ट्र बैंकले दिएको चुक्ता पुँजी योजना कार्यान्वयन गर्न ग्लोबल आइएमईले बोनस सेयरमात्र प्रस्ताव गरेको हो । 
 
बोनस सेयरपछि बैंकको चुक्ता पुँजी सात अर्ब १४ करोड रूपैयाँभन्दा बढी पुग्नेछ । यसआधारमा ग्लोबलले राष्ट्र बैंकको निर्देशन अनुसार सजिलै आठ अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन सक्ने देखिन्छ ।