Market Closed

गण्डकी विकास बैंकको लाभांश पारित, अब मेगा बैंक बन्दै

14 Jan,2020
  • gandaki_1_14_2020_6_03_56.jpg
नेपाली पैसा 
 
काठमाडौं : गण्डकी विकास बैंकको १७.३२% पारित भएको छ । बैंकको मंगलबार सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट प्रस्ताव गरिएको लाभांश अनुमोदन गरेको हो । साधारण सभा, होटल पोखरा ग्राण्ड, विरौटा, पोखरामा आयोजना भएको थियो । गण्डकीलाई मेगा बैंकले एक्वायर गर्दैछ । यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । जसका कारण हाल गण्डकीको दोस्रो बजारमा सेयर कारोबार समेत रोक्का छ ।

सभामा एक्विजिसन सम्बन्धी जानकारी पनि गराइएको थियो । मेगाले खरिद गर्ने भएपछि अब यसका सेयरधनी पनि मेगाका लगानीकर्ता बन्नेछन् । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल भएको छ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि अनुमोदन भएका छन् । 

गण्डकी विकास बैंकको बढ्यो लाभांश

गण्डकीको सेयर कारोबार रोक्का, मेगाले खरिद गर्दै

मेगा बैंकले गण्डकीलाई एक्वायर गर्ने, निक्षेपको आकार १ खर्ब १२ अर्ब


Post Your Comment