ग्लोबल आइएमई लघुवित्तको नाफा र प्रतिसेयर आम्दानीमा उत्साहकजनक वृद्धि

23 Jan,2020
  • global-ime-laghubitta-1280x720_11_12_2019_10_06_38.jpg
नेपाली पैसा
 
काठमाडौं : ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफामा आकर्षक वृद्धि गरेको छ । यसअवधिमा नाफा ३०१.४४% ले बढेर ७ करोड ८७ लाख १२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा यसले १ करोड ९६ लाख ७ हजार रुपैयाँ नाफा कमाएको थियो । ब्याज आम्दानी र सञ्चालन नाफामा आकर्षक वृद्धि भएसँगै खुद नाफा ह्वात्तै माथि जान सकेको हो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १७७.२७% र ३२५.०४% बढेको छ । यता, संस्थाको चुक्ता पुँजी पनि ३८.२३% ले बढेको छ । चुक्ता पुँजी वृद्धिको तुलनामा नाफाको आकार अझै धेरै वृद्धि भएको हो । यसले प्रतिसेयर आम्दानीमा उत्साहजनक सुधार ल्याएको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ १५ पैसाले बढेर ६० रुपैयाँ ६५ पैसा पुगेको हो । 

Post Your Comment