Market Closed

ग्लोबल आइएमई लघुवित्तको १७.५०% बोनस सेयर आइपुग्यो डिम्याट खातामा

11 Aug,2020
  • bonus-super_8_10_2020_10_37_41_8_11_2020_4_11_42.jpg
नेपाली पैसा 

काठमाडौं : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले १७.५०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत कात्तिक २५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । कात्तिक २५ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।  
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरीने कम्पनीले जनाएको छ । ग्लोबलको गत मंसिर ९ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १७.५०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
 

Post Your Comment