Market Closed

गुराँस लघुवित्तको बोनस सेयर साधारण सभाबाट पारित

01 Dec,2019
  • gurans_img_12_1_2019_5_19_16.jpg
नेपाली पैसा 
 
काठमाडौं : गुराँस लघुवित्तको शनिबार सम्पन्न साधारण सभाले ८.०१% लाभांश पारित गरेको छ । कम्पनीले सभामा गत वर्षको नाफबाट ७.६१% बोनस सेयर र करका लागि ०.४०% नगद लाभांश प्रस्ताव गरेको थियो । साधारण सभा न्यू अञ्जुली होटल, धनकुटामा भएको थियो ।  
अन्य वित्तीय संस्था गाभ्न आवश्यक भएमा त्यस सम्बन्धी सबै काम गर्ने अधिकार पनि सञ्चालक समितिलाई दिइएको छ । आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबमा छलफल गरी पारित गरिएको छ । 
 
साधारण सभा प्रयोजनका लागि गुराँसले कात्तिक २७ गते बुक क्लोज गरेको थियो । कात्तिक २६ गतेसम्म कायम सेयरधनीले लाभांश पाएका छन् । गुराँसले केही समय अघि मात्र आइपीओ जारी गरेको थियो । आइपीओ बिक्रीपछि पहिलो पटक सर्वसाधारणलाई लाभांश वितरण गरेको हो । 

Post Your Comment