Market Closed

गुराँस लाइफको ५ लाख ९० हजार कित्ता सेयर असोज १३ बाट लिलामी खुल्ने

21 Sep,2020
  • Auction_8__9_21_2020_9_19_50.jpg
नेपाली पैसा
 
काठमाडौं : गुराँस लाइफ इन्सुरेन्सले असोज १३ गतेदेखि ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । कम्पनीले संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम १० अंकले भाग जाने संख्यामा वा बिमा समितिले तोकेको प्रतिव्यक्ति सीमाको अधिनमा रहने गरी सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद असोज १९ गतेसम्म रहेको छ । यसअघि कम्पनीले २०७७ असार १४ गतेदेखि साउन ४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । उक्त समयमा अवेदन नपरेको सेयर लिलामीमा ल्याउन लागिएको हो । यसमा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेड लिएको छ ।

लगानीकर्ताले एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं, एनएमबि बैंकको विराटनगर, झापा, वीरगन्ज, जनकपुर, हेटौंडा, चितवन, पोखरा, बाग्लुङ, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी महेन्द्रनगरका कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको दाङ शाखा कार्यालयबाट समेत आवेदन दिन पाइनेछ । 
 

Post Your Comment